राजनीति


बागमती प्रदेशमा पनि अलग कमिटी घोषणा गर्दै माधव नेपाल पक्ष

बागमती प्रदेशमा पनि अलग कमिटी घोषणा गर्दै माधव नेपाल पक्ष

नेपालखबर
चैत २४, २०७७ मंगलबार ५:२५,

नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ।

त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ। बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने एक नेताले जानकारी दिए।

आजै सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षले अलग्गै कमिटी घोषणा गर्दै छ।

सर्वाेच्च अदालतको फैसलाले एमालेलाई पहिलेकै अवस्थामा फर्काइदिए पनि अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म अलग (समानान्तर) कमिटी बनाउने अभियान थालेको हो।

पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दामा सर्वाेच्च अदालते गत फागुन २३ गते उनकै नेकपालाई मान्यता दिँदै एमाले–माओवादी केन्द्र मिलेर पछि निर्वाचन आयोगमा दर्ता नेकपा बदर गरिदिएको हो। योसँगै पुनर्स्थापना भएको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको समूह र झलनाथ खनाल–माधवकुमार नेपालको पक्षबीच तीव्र विवाद सुरु भएको हो।

अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि विवाद चर्किएको हो।

जसको विरोधमा खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलादेखि समानान्तर कमिटी गठनसम्मलाई तीव्रता दिइरहेको हो।

यो पनि  : सुदूरपश्चिम प्रदेशमा माधव नेपाल समूहले आज अलग्गै कमिटी घोषणा गर्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad