राजनीति


नेपाल पक्षका काठमाडौं जिल्ला अध्यक्ष भन्छन्: अब क्षेत्रीय र शाखा समिति पनि बनाउँछौं

नेपाल पक्षका काठमाडौं जिल्ला अध्यक्ष भन्छन्: अब क्षेत्रीय र शाखा समिति पनि बनाउँछौं

नेपालखबर
चैत २२, २०७७ आइतबार १२:७,

नेकपा एमालेको माधव नेपाल पक्षले काठमाडौंमा पनि जिल्ला समिति गठन गरेको छ।

आज आइतबार आयोजना गरिएको कार्यकर्ता भेलाबाट वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समिति गठन गरिएको हो।

‘चारजना पदाधिकारीसहित २२५ जना सदस्य रहेको जिल्ला समिति आज गठन गरेका छौं,’ मानन्धरले नेपालखबरसँग भने, ‘अब क्षेत्रीय कमिटी, नगर कमिटी र शाखा कमिटीहरु पनि गठन गर्छौं।’

आज गठन गरिएको जिल्ला समितिमा शोभा सापकोटा उपाध्यक्ष, कुसुम कार्की सचिव र लक्ष्मीप्रसाद श्रेष्ठ उपसचिव चयन भएका छन्।

पार्टी अध्यक्ष केपी ओलीले एकलौटीरुपमा पार्टी समितिका पदाधिकारी तथा सदस्यहरु चयन गरी आफ्नो पक्षलाई जिम्मेवारीविहीन बनाएको भन्दै नेपाल पक्षले बिभिन्न जिल्लामा समानान्तर समितिहरु गठन गरिरहेको छ।

मानन्धरले माओवादीसँग पार्टी एकीकरण गर्नुअघि अर्थात् २०७५ जेठ २ गते कायम रहेका एमालेका समितिहरुलाई नै सक्रिय बनाउनुपर्ने अडान लिँदै आएको थियो।

ओलीले सो माग अस्वीकार गरेपछि उनीहरुले त्यतिबेलाकै समितिका आधारमा पार्टी संरचना बनाएको बताउने गरेका छन्।

‘अब हामीले जहाँजहाँ २०७५ जेठ २ गतेका समितिहरु विद्यमान छन्, त्यहाँ तिनै समितिलाई क्रियाशील बनाउँछौं,’ मानन्धरले भने, ‘तत्कालीन समितिको अवधि सकिएको वा अन्य कारणले निष्क्रिय रहेको भए नयाँ बनाउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad