राजनीति


प्रचण्डविरुद्धको अमानवीय ट्विट हटाउन बाध्य भए सूर्य थापा, स्क्रिनसट भयो भाइरल

प्रचण्डविरुद्धको अमानवीय ट्विट हटाउन बाध्य भए सूर्य थापा, स्क्रिनसट भयो भाइरल

नेपालखबर
चैत १९, २०७७ बिहिबार १३:१९,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बिहीबार गरिएको ट्विट अमानवीय र अत्यन्तै असंवेदनशील भन्दै व्यापक आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आफ्नो पोस्ट हटाउन बाध्य भएका छन्।

नेकपा बदरको फैसला पुनरवलोकन माग गर्दै प्रचण्डले दिएको निवेदन बिहीबार सर्वोच्च अदालतले अस्वीकृत गरेपछि खुसी हुँदै एमाले केन्द्रीय सदस्य थापाले छोरा प्रकाश दाहालको निधनले भावविह्वल बनेको बेलाको प्रचण्डको तस्बिर आफ्नो ट्विटरमा राखेर कटाक्ष गरेका थिए। 

बिहीबार अपराह्न ४:१० बजे थापाले गरेको ट्विटविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्‍त्रीको सल्लाहकारजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेको पात्रले अत्यन्तै घृणित र संवेदनाहीन प्रतिक्रिया दिएको भनेर व्यापक आलोचना गरेपछि थापा आफ्नो ट्विट एक घण्टाभित्रै डिलिट गर्न बाध्य भएका हुन्।

तर त्यसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

न्यूनतम मानवीयता र सामाजिक मर्यादासमेत गुमाएको भन्दै ट्विटर प्रयोगकर्ताले थापाको ट्विटर ह्यान्डल ससपेन्ड गर्न रिपोर्टसमेत गरेका छन्।

हेर्नुहोस्, थापाले प्रचण्डविरुद्ध प्रयोग गरेका तस्बिर र शब्द–

sutwi

थापाले ट्विटरमा राखेको प्रचण्डको यो भावविह्वल तस्बिर छोरा प्रकाश दाहाल निधन हुँदाको हो। २०७४ मंसिरमा प्रकाशलाई श्रद्धाञ्जलि दिन पार्टी कार्यालयमा आयोजित शोक सभाका बेला सञ्चारमाध्यमले उक्त तस्बिर खिचेका थिए।

व्यापक आलोचना भएपछि थापाले यो डिलिट गरेर पछि बाँकी राखेको ट्विट–

supaaa

यो पनि : प्रचण्डको पुनरवलोकन निवेदन अस्वीकृत भएपछि रमाए गोकुल बास्कोटा र सूर्य थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad