समाज


मेयर शाक्य बिचमै उठेर हिँडेपछि सिसडोलबासी र काठमाडौं महानगरबीचको वार्ता असफल

मेयर शाक्य बिचमै उठेर हिँडेपछि सिसडोलबासी र काठमाडौं महानगरबीचको वार्ता असफल

नेपालखबर
चैत १९, २०७७ बिहिबार १३:७,

काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहट्ने भएको छ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन्। सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो।

बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विरामी परेको भन्दै बिचमै उठेर हिँडेपछी वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोर मैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए।

उनले मेयर शाक्यकै कारण आफूहरुका कुनैपनि माग पुरा हुने स्थितिमा नरहेको र आफूहरु वार्तामा बस्दा अपमानित भएको महसुस गरेको पनि बताए। उनले महानगरले हेपाहा प्रवृति देखाएकाले फोहोर बिसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताए।

सिसडोलबासीहरुले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्नगई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन्।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad