राजनीति


‘बालुवाटारको अँध्यारो कोठामा गरेका निर्णय अमान्य घोषणा गरौँ’

 ‘बालुवाटारको अँध्यारो कोठामा गरेका निर्णय अमान्य घोषणा गरौँ’

नेपालखबर
चैत १९, २०७७ बिहिबार ७:१५,

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद भवनमा उपस्थित हुन रुलिङ गर्न सभामुखलाई आग्रह गरेको छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै नेता खतिवडाले प्रधानमन्त्री ओली सदनमा नदेखिएको भन्दै उपस्थित हुन रुलिङ गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओली सिंहदरबारबाट हराएको एक वर्षपछि त्यहाँ जान लागेको खबर आएको समाचार सार्वजनिक भएपछि नेता खतिवडाले यस्तो आग्रह गरेका हुन्।

कोरोका कारण देखाउँदै ओलीले मन्त्रिपरिषद् बैठकदेखि पार्टी कमिटीका बैठक र कार्यक्रमसमेत बालुवाटारमै गर्दै आएका थिए। आज साँझ बस्ने मन्त्रिपरिषद बैठक सिंहदरबारमा बोलाइएको छ। सोही बैठकका लागि ओली सिंहदरबार जान लागेका हुन्।

नेता खतिवडाले यो बीचमा प्रधानमन्त्री ओलीले बालुवाटारको अँध्यारो कोठमाबाट निर्णय गरेको भन्दै ती निर्णयलाई अमान्य घोषणा गर्न समेत आग्रह गरेका छन्।

‘हाम्रा प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट हराएको एक वर्ष भएछ। आज उपस्थित हुने समाचार आयो। सदनमा पनि प्रधानमन्त्री हराउनु भएको छ। सभामुख महोदय, प्रधानमन्त्रीलाइ संसद भवनमा उपस्थित हुन रुलिङ गर्नु पर्यो। बालुवाटारको अँध्यारो कोठाबाट गरेका निर्णय अमान्य घोषणा गरौं’, खतिवडाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad