नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्।
यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सो कारबाही गरिएको थियो।
‘भुसाल र पाण्डेले पनि सोहि गल्ति गर्नुभयो त्यसैले एउटै कारबाही भयो,’ ओलीनिकट एक नेताले नेपालखबरसँग भने।
पार्टीका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई पार्टीविरुद्ध गतिबिधि गरेको भनी स्पष्टीकरण सोधिएको थियो।
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै चारैजना नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ।




- नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण (पत्रसहित)
Shares

प्रतिक्रिया