राजनीति


गगन थापा भन्छन् : देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार हामी कसैलाई छैन

गगन थापा भन्छन् : देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार हामी कसैलाई छैन

नेपालखबर
चैत १८, २०७७ बुधबार १४:११,

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री नेता थापाले अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने बताए।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने पनि थापाले बताए।

उनले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न। माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ। जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्। हामीलाई गर्ने भए गर्ने भनोस्। हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ। अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ। हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ यो देश प्रतिको घात हो। हामी सबै मिलेर गरिरहेका छौँ अहिले। अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन। अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad