ad ad

राजनीति


सांसद बडूको प्रश्न : प्रधानमन्त्री संसद बैठक नआउनुको कारण सुरक्षा खतरा कि नैतिक संकट (लाइभ)

सांसद बडूको प्रश्न : प्रधानमन्त्री संसद बैठक नआउनुको कारण सुरक्षा खतरा कि नैतिक संकट (लाइभ)

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:२,

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नहुनुको कारण सुरक्षा खतरा हो वा नैतिक संकटका कारण हो भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री ओलीले केहि दिनपहिले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुनसक्ने बताएको स्मरण गर्दै सांसद बडूले प्रधानमन्त्रीको सो सार्वजनिक अभिव्यक्तिको सत्यता कति छ भनी प्रश्न गरे।

‘त्यसपछि गृहमन्त्रालयले थप सुरक्षा व्यवस्था के कति गरेको छ? संसद चलिरहँदा पनि आजसम्म (यो अधिवेशन अवधिमा) पनि प्रधानमन्त्री यो संसदभित्र नदेखिनुको कारण उहाँमाथि सुरक्षा खतरा नै हो अथवा नैतिक खतरा पनि उहाँले महशुस गरिरहनुभएको हो?’ सांसद बडूले बुधबार संसद बैठकमा भने, ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र क्षमतामाथि प्रश्न उठ्नेगरी यस्तो गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो?’

प्रधानमन्त्री स्वयं या गृहमन्त्रीले वा सरकारको प्रवक्ताबाट संसदमा स्पष्ट पार्नुपर्ने उनको माग छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेका थिए। तर अदालतले सो निर्णय बदर गरेपछि पुनस्र्थापित संसदको अधिवेशन फागुन २३ गतेदेखि जारी छ।

प्रतिनिधि सभा बैठकको लाइभ भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .