नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीभित्र समानान्तर संगठन र गतिविघि अगाडि बढाइरहेका बेला युवा संघ नेपालको समानान्तर कार्यालय सञ्चालनमा ल्याएको छ।
बुधबार राजधानीको बबरमहलमा वरिष्ठ नेता नेपालले युवा संघको समानान्तर कार्यालयको उद्घाटन गरेका हुन्।
केहीदिन अघि नेपाल–खनाल पक्षका युवाहरुको राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व समेत चयन गरेको थियो। जसको अध्यक्षमा नरेश शाही रहेका छन्।
कार्यालय उद्घाटन तथा पदास्थापन कार्यक्रममा नेता नेपालले सबैलाई रचनात्मक हिसाबले अगाडि बढ्न सुझाब समेत दिए।

प्रतिक्रिया