ad ad

राजनीति


ओली–नेपाल टक्करले एमाले सर्लाहीमा भाँडभैलो, अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति

ओली–नेपाल टक्करले एमाले सर्लाहीमा भाँडभैलो, अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति

नेपालखबर
चैत १८, २०७७ बुधबार ६:६,

सर्लाहीमा नेकपा एमालेको ओली पक्षले पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तलाई अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति निकालेको छ।

पन्त नेपाल–खनाल पक्षका नेता हुन्।

पन्तले पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै एमालेका केन्द्रीय सदस्यत्रय रवीन्द्र बैठा, कमलादेवी महतो र बद्रीप्रसाद न्यौपाने तथा नेताहरू हरिप्रसाद उप्रेती, मनोजकुमार देवकोटा, राजनारायण साह, गणेशप्रसाद प्रसाईं, राजकुमार राय यादव र कल्पना कटुवालले संयुक्त रूपमा मंगलबार साँझ विज्ञप्ति निकालेका हुन्।

विज्ञप्तीमा भनिएको छ– ‘पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरू नेकपा एमालेकै नाममा गरिरहेको र आगामी दिनमा समेत ती गतिविधिहरूमा निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखाएको र पार्टी एकताकै लागि भ्रम फिँजाएर कार्यकर्ता फसाउने गलत मनसाय देखिएकै हुँदा क. रेवती पन्त हाम्रो पार्टी नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष नरहेको बेहोरा सबै पार्टी पंक्ति र सरोकारवाला सबैमा सूचित गरिन्छ।’

हास्यास्पद विज्ञप्ति : पन्त
एमालेका सर्लाही जिल्ला अध्यक्ष पन्तले भने विज्ञप्तिलाई हास्यास्पद भनेका छन्।

आफू अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष भएको उल्लेख गर्दै आफूलाई हटाउने अधिकार उनीहरूलाई नभएको पन्तले बताएका छन्।

‘होलीका दिन साथीहरूले खाईपिई गरेका बेला प्रसंग उठेछ,’ अध्यक्ष पन्तले नेपालखबरसँग भने, ‘त्यही बेला कारबाहीको निर्णय गरेर हस्ताक्षर धस्काएछन्, यो एकदमै हास्यास्पद छ।’

आफूलाई प्रदेश कमिटी वा केन्द्रीय कमिटीले मात्र हटाउन सक्ने र केही व्यक्ति उफ्रिएको भरमा भ्रममा नपर्न उनले पार्टीका सबै नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।

umlsarlahibi

नेपाल पक्षद्वारा विरोध प्रदर्शन
यसैबीच नेपाल पक्षका युवा/विद्यार्थीले मंगलबारै साँझ हरिवनमा विरोध प्रदर्शन गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलविरुद्ध गरिएको कारबाही (६ महिना निलम्बन) फिर्ता माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

umlsarlahi2

‘नेकपा एमालेलाई एक बनाऔं, क. माधव नेपाल/भीम रावलमाथिको कथित कारबाही फिर्ता गराऊ’ भन्दै युवा/विद्यार्थीले सांकेतिक विरोध प्रदर्शन गरेको सर्लाहीका एमाले नेता चूडामणि वाग्लेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .