ad ad

कारोबार


बुद्ध एयरले भैरहवामा दैनिक ९ र नेपालगञ्जमा ५ उडान गर्ने

बुद्ध एयरले भैरहवामा दैनिक ९ र नेपालगञ्जमा ५ उडान गर्ने

नेपालखबर
चैत १८, २०७७ बुधबार ६:०,

बुद्ध एयरले भैरहवा र नेपालगञ्जमा उडान थप गर्ने भएको छ।

बुटवल–नारायणघाट सडकखण्डको विस्तारका कारण यात्रामा असहज भएको जनाउँदै हवाइ यात्रालाई थप सहज र सजिलोका लागि बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको हो।

यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ।

यसैगरी केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ।

बुद्ध एयरले केही समयअगाडि मात्रै एटीआर७२ जहाज थप गरेको थियो। यसैगरी आउँदो मे महिनामा अर्को एटीआर७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।

जहाज थपिएसँगै ९ वटा एटीआर७२, तीनवटा एटीआर४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज बुद्ध एयरसँग रहेको छ।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ।

यीबाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .