बीबीसीहिन्दीका अनुसार बंगलादेशमा चार दिनयता मोदीविरुद्ध जारी प्रदर्शनका क्रममा हालसम्म १२ मानिसको ज्यान गइसकेको छ।
मोदीले गत शुक्रबार र शनिबार दुई दिनसम्म बंगलादेशको भ्रमण गरेका थिए।
बंगलादेश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवका अवसरमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी बंगलादेश प्रस्थान गरेका थिए।
अल्जाजिराका अनुसार बंगलादेशका नागरिकले मोदीले भारतमा मुस्लिम नागरिकविरुद्ध साम्प्रदायिक हिंसा भड्काएको आरोप लगाएका छन्।
भारतमा मुस्लिममाथि दमन बढ्नुमा मोदीको कट्टर हिन्दुवादी सोच भएको भन्दै कट्टरपन्थी इस्लामिक संगठन ‘हिफाजत–ए–इस्लाम’ले पनि प्रदर्शन गरिरहेका छन्।
मोदीको भ्रमणको विषयलाई लिएर कयौं मुस्लिम संस्थाहरु आन्दोलित भएको बताइएको छ।
इस्लामिक संगठन र प्रहरीबीच झडप भएको छ। यी संगठनमा आवद्ध मानिसहरुले मोदीको विरोध गर्दै बंगलादशेमा तोडफोड र आगजनीका घटना बढाएका छन्।

प्रतिक्रिया