राजनीति


कांग्रेसको तर्फबाट संविधानसभा सदस्य भण्डारीको निधन

कांग्रेसको तर्फबाट संविधानसभा सदस्य भण्डारीको निधन

नेपालखबर
चैत १६, २०७७ सोमबार ७:४२,

नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य रहेकी लक्ष्मीदेवी भण्डारीको सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

भण्डारीको ७१ वर्षको उमेरमा निधन भएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

स्वर्गीय भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ।

स्वर्गीय भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको भन्दै कांग्रेसले दुःख व्यक्त गरेको छ। उनको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad