सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका छन्।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आज आइतबार विहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा छलफल भएको सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए।
प्रधानमन्त्री ओली र सापकोटाबीच संसद सञ्चालनको समग्र विषयमा छलफल भएको उनले बताए।
‘संसदलाई प्रभावकारी बनाउने विषयमा दुई घण्टा छलफल भयो,’ न्यौपानेले नेपालखबरसँग भने, ‘संसदमा रहेका जरुरी र महत्पूर्ण विधेयक अगाडि बढाउने विषयमै केन्द्रित रहेर विशेष कुराकानी भएको हो।’
संसदको अर्को बैठक १८ गतेको लागि बोलाइएको छ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३, २६, चैत ३, १० र १३ गते बैठक बसे पनि सरकारले विजनेस दिएको छैन।
सरकारले ल्याएका केही महत्वपूर्ण अध्यादेशहरुसमेत सरकारले संसदमा टेबल गरेको छैन।
प्रधानमन्त्री ओलीले शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा प्रतिनिधि सभाको यो अधिवेशन छिट्टै अन्त्य गर्ने बताएका थिए।
Shares

प्रतिक्रिया