ad ad

राजनीति


भारतमा रुष्ट किसानले भाजपा सांसदलाई निर्वस्त्र पारेर कुटे

भारतमा रुष्ट किसानले भाजपा सांसदलाई निर्वस्त्र पारेर कुटे

नेपालखबर
चैत १५, २०७७ आइतबार ८:१४,

टाइम्स अफ इन्डियका अनुसार पन्जाबको अबोहरमा भाजपा विधायक अरुण नारंग सरकारदेखि क्रुद्ध बनेका किसानको शिकार बनेका हुन्।

केन्द्र सरकारको तीन कृषि कानुनबाट महिनौंयता आन्दोलित किसानले विधायक अरुणमाथि आक्रमण गरेका हुन्।

किसानले सबै कपडा च्यातेर अरुणमाथि मुक्का तथा लात्ता प्रहार गरेका थिए। प्रहरीले हस्तक्षेप गरी उनलाई त्यहाँबाट बाहिर निकालेका थिए।

यस विषयमा संयुक्त किसान मोर्चाले प्रतिक्रिया जनाएको छ। मोर्चाले भनेको छ,‘किसानको आन्दोलन हिंस्रक बन्दै गएको छ र विधायकमाथि शारीरिक आक्रमण भएको छ। जन प्रतिनिधिमाथि भएको यो आक्रमण निन्दनिय छ। हामी यस्ता कार्यलाई बढावा दिँदैनौं।’

यद्यपी उक्त बयानमा यो घटना हुनुमा भारतीय जनता पार्टी र उसका समर्थक जिम्मेवार भएको बताइएको छ। मोर्चाले सबै किशानले शान्तिको साथ दिनुपर्ने र अनुशासनमा रहनुपर्ने बताएको छ।

यसैबीच किसानहरुले आज आइतबार तीन विवादित कृषि कानुन जलाउने बताएका छन्।

भारतमा ल्याइएको नयाँ कानुनले कृषकलाई घाटा हुने र कर्पोरेट संस्थालाई नाफा पुग्ने किसानहरुको आरोप छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .