राजनीति


स्पष्टीकरणमा जवाफ दिन माधव नेपाललाई बिभिन्न जिल्लाबाट कार्यकर्ताले नै पठाए लिखित सुझावहरु

स्पष्टीकरणमा जवाफ दिन माधव नेपाललाई बिभिन्न जिल्लाबाट कार्यकर्ताले नै पठाए लिखित सुझावहरु

नेपालखबर
चैत १२, २०७७ बिहिबार ६:१८,

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत चारजना नेतालाई पार्टीले स्पष्टीकरण सोधेपछि उनको पक्षबाट जवाफ दिनका विभिन्न जिल्लाबाट कार्यकर्ताहरुले समेत बुँदागतरुपमा जवाफ लेखी पठाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

चारै जना नेतालाई फरक फरक पत्र पठाउँदै पार्टी हितविपरित गतिविधि गरेको भनी तीन दिनभित्र लिखित स्पष्टीकरण सोधिएको थियो।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरिएको सो स्पष्टीकरण पत्र सोमबार चारैजना नेतालाई छुट्टाछुट्टै बुझाइएको थियो। जसको जवाफ बुझाउने अन्तिम मिति आज बिहीबार हो।

‘नेताहरुलाई सोधिएको स्पष्टीकरणको व्यहोरा सार्बजनिक भएपछि विभिन्न जिल्लाबाट कार्यकर्ताहरुले नै जवाफ लिखितरुपमा पठाउनु भएको छ। त्यो सबैलाई सष्लेषण गरेरै जवाफ दिने तयारी भैरहेको छ,’ नेपालको सचिवालयका एक सदस्यले भने।

ती सदस्यका अनुसार त्यस्ता जवाफहरु करिब २५ ठाउँबाट प्राप्त भएका छन्।

‘स्पष्टीकरणमा सोधिएको विषयमै केन्द्रित रहेर जवाफ दिनका लागि पार्टीका विभिन्न विषय बस्तुहरु सुझाइएको छ,’ ती सदस्यले भने।

नेपालसहितका नेताहरु आजै स्पष्टीकरणको जवाफ दिने तयारीमा छन्। तर जवाफमा पार्टी विधानका बुँदागत, प्राविधिक विषयमा भन्दा राजनीतिक विषयमा केन्द्रित भई जवाफ दिइने र विभिन्न विषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गतिविधिको बारेमा पनि प्रतिप्रश्न गर्ने जनाइएको छ।

उनीहरुले स्पष्टीकरणको विषय सार्वजनिक तथा राजनीतिक ढंगबाट राष्ट्रिय मुद्दा बनिसकेको हुँदा जवाफ पनि सार्वजनिक गर्ने बताएका छन्।

यो पनि : 
स्पष्टीकरण दिने नेपाल पक्षको तयारी स् राजनीतिक रूपमा खुला जवाफ, ओलीलाई प्रश्न पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad