राजनीति


परिवर्तनविरोधीले ओलीलाई ‘दलाल’ र ‘मोहरा’ का रुपमा प्रयोग गरे : प्रचण्ड

परिवर्तनविरोधीले ओलीलाई ‘दलाल’ र ‘मोहरा’ का रुपमा प्रयोग गरे : प्रचण्ड

नेपालखबर
चैत ११, २०७७ बुधबार ९:३१,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र परिवर्तनविरोधी शक्तिहरुले प्रधानमन्त्री ओलीलाई ‘दलाल’ र ‘मोहरा’का रुपमा प्रयोग गरेको बताएका छन्।

बुधबार काभ्रेको धुलीखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

यथास्थितिवादी शक्तिलाई गणतान्त्रिक संविधान, सामावेशी लोकतन्त्र, उत्पीडित वर्ग, क्षेत्र, लिंगलाई अधिकार दिने कुरा  मन नपरेको र जनताको आन्दोलनले उनीहरुलाई पछाडि पारेपछि षड्यन्त्रका तानाबाना बुन्न थालेको उनकाे भनाइ थियाे।

उनले शान्ति सम्झौता, संविधान निर्माण, चुनाव, वाम गठबन्धन बनाउने बेला पनि उनीहरुले षड्यन्त्र गरिरहे पनि असफल भएको बताए।

अनेक षड्यन्त्रका बबजुत, शान्ति प्रक्रिया टुंगाेमा पुर्‍याउने , गणतन्त्र र  संविधान घोषणा गर्दाको पीडा आफूले महसुस गरेको उनले बताए।

'सबै षड्यन्त्र झेलेर शान्ति सम्झौता, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो, चुनाव पनि गराइयो र झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो’, उनले भने, ‘तर ती शक्ति र तत्वहरु जो यो प्रक्रियाबाट बेदखल भएका थिए उनीहरु पहिलो दिनदेखि नै षड्यन्त्रमा थिए। उनीहरु  हाम्रै पार्टीभित्रबाट आफ्नो दलाल तयार पार्न सफल भए। जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलाल र मोहराको रुपमा प्रयोग गर्न त्यो वर्ग, त्यो तप्का, त्यो शक्तिले सफलता प्राप्त गर्‍याे।’

उनले प्रतिनिधि सभाको विघटन त्यसैको परिणाम भएको बताए।

 उनले एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसला अस्वभाविक भएको र सर्वोच्चको अधिल्लो फैसलाको विपक्षमा भएको बताए। उनले अदालतको फैसलाप्रति आफूहरु गम्भीर र सतर्क भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad