नेकपा एमालेको नेपाल पक्षको विद्यार्थी भेलाले अनेरास्ववियुको अलग्गै (समानान्तर) कमिटी गठन गरेको छ।
काठमाडौंमा मंगलबार भएको राष्ट्रिय भेलाले साविक कमिटीका सचिव सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेको हो।
जसमा सहअध्यक्ष वसिम आलम, उपाध्यक्ष यसु लामा र हिरेन्द्र शाही तथा महासचिव आरती लामा बेनका छन्।
यसैगरी सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन शर्मा पराजुली, कल्याण दाहाल र प्रदीप थापालाई चयन गरिएको छ।
3
Shares

प्रतिक्रिया