अमेरिकामा एसियालीमूलका मानिसहरुलाई नै निशाना बनाएर आक्रमणहरु बढ्न थालेपछि अमेरिकाका लागि नेपाली दूतावासले त्यस्ता हिंसात्मक गतिबिधिप्रति विरोध जनाएको छ।
एसियालीमूलका व्यक्तिहरुमाथि अमेरिकाभर भइरहेको हिंसात्मक आक्रमणका घट्नाप्रति नेपाली दूतावासले अध्ययन गरिरहेको उसले जनाएको छ।
दूतावासले हालै एटलान्टामा आठ जनाको ज्यान जाने गरी गरिएको गोलिकाण्डदेखि सान फ्रान्सिसकाेमा नेपाली वुभरचालकमाथि भएको हिंसासम्मका सबै घट्ना नियालीरहेको जनाएको छ।
दूतावासले एक वक्तव्य जारी गर्दै जातीय वा कुनै पनि समूहमाथि गरिने हिंसा र विभेद भर्त्सनायोग्य रहेको जनाएको छ।
‘अमेरिकी निकायहरुबाट यी घट्नामाथि विस्तृत छानविन गरी दोषीलाई सजायँको भागिदार बनाइनेछ भन्नेमा हामी विश्वस्त छौं,’ वक्तव्यमा भनिएको छ।
नेपालीहरु शान्तिप्रिय मानिस भएको, बहुलता, सहनशीलता, आपसी सम्मान र सहअस्तित्व नेपाली र नेपाल राष्ट्रकै मूल मर्म रहेकोमा दूतावासले जोड दिएको छ।
‘त्यसैले नेपालीहरुले अरुबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछन्,’ वक्तव्यमा भनिएको छ, ‘तसर्थ दूतावासले अमेरिकाभर रहेका सबै नेपालीलाई त्यहि आदर्श र मूल्यमान्यतालाई आत्मसात् गर्न र अमेरिकी संस्कृति र कानूनको पालना गर्न अनुरोध गर्दछ।’
यो पनि:
- अमेरिकामा गएको एक हप्तामै ७ वटा गोलीकाण्डका घटना (सूचीसहित)
Shares

प्रतिक्रिया