समाज


प्रहरीको गोली लागेर घाइते भएका दुबै जनालाई सेनाको हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

प्रहरीको गोली लागेर घाइते भएका  दुबै जनालाई सेनाको हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

नेपालखबर
चैत १०, २०७७ मंगलबार १०:४३,

 कैलालीको लम्कीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

कम्मरमा गोली लागेका २५ वर्षीय कृष्ण प्याकुरेल र खुट्टामा गोली लागेका १८ वर्षीय कृष्ण सञ्जेलको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएको हो।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले बताए।

‘घाइते दुवै जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ’, प्रहरी निरीक्षक थापाले नेपालखबरसँग भने।

मंगलबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय कमला देवकोटाको मृत्यु भएको थियो। बसको ठक्करबाट देवकोटाको मृत्युपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो।

गोली लागेर प्याकुरेल र सञ्जेल घाइते भएका हुन्।

घाइते भएलगत्तै उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको थियो। उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ। स्थानीयबासीले अहिले पनि लम्की चोकमा प्रदर्शन गरिरहेका छन्।

याे पनि :  कैलालीको लम्की क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर दुई घाइते

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad