नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान राजनीतिक संकट समाधानका लागि दुई वटा विकल्प अगाडि सारेका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले दुई वर्षसम्म ओली सरकारकै निरन्तरता वा आगामी मंसिरमा निर्वाचन भन्ने विकल्प अगाडि सारेका हुन्।
नेकपा एमाले भित्रको विवादमा नेपाल–खनाल पक्षमा रहेका रिजालले ट्विटरमा लेखेका छन् : अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्, १ प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता वा २, प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन।’
अहिलेको अवस्था हेर्दा मोटामोटी दुई मात्र विकल्प देखिन्छन्:
१. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई बर्ष निरन्तरता वा
२. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन
Shares

प्रतिक्रिया