बंगलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई सवा १० बजे स्वागत गरेका थिए।
बंगलादेशी राष्ट्रपति हमिदको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि भण्डारी बंगलादेश पुगेकी हुन्।
राष्ट्रपति भण्डारीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। सम्मानमा बंगलादेशी सेनाले २१ तोपको सलामी दिएको थियो।
सो क्रममा दुवै देशको राष्ट्रियगान बजाइएको थियो। राष्ट्रपति भण्डारीले सो क्रममा परेड अवलोकन गर्नुका साथै दुवै पक्षले आआफ्ना डेलिगेसन टोलीलाई परिचय गराएका थिए।
राष्ट्रपति भण्डारीसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिवहरु र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु भ्रमणमा छन्।
२ दिनको राजकीय भ्रमणका लागि ५४ सदस्यीय टोली लिएर आज बिहान नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति बंगलादेशको राजधानी ढाका पुगेकी हुन्।
(भिडिओ)
याे पनि: ढाकामा राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत

प्रतिक्रिया