मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो।
कर्मचारी शर्माको विद्युत् लाइन मर्मतका क्रममा गत भदौ २९ गते मृत्यु भएको थियो।
मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशव आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमाबापतको रकम हस्तान्तरण गरे।
रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बीमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिए।
यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य, नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरे।
न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताए। यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैयाँसम्मको व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया