राजनीति


पद जान्छ, कारबाही हुन्छ भन्ने डरले जनविरोधी दुष्कार्यसँग सम्झौता गर्दैनौँ : राई

पद जान्छ, कारबाही हुन्छ भन्ने डरले जनविरोधी दुष्कार्यसँग सम्झौता गर्दैनौँ : राई

नेपालखबर
चैत ८, २०७७ आइतबार ७:५५,

नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले प्रधनामन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीले कम्युनिस्ट आन्दोलन नरोकिने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार माधवकुमार नेपालसहित ४ नेतामाथि कारबाही गर्ने केन्द्रीय समिति बैठकको निर्णय र ओलीको प्रवृत्तिलाई लिएर उनले यस्तो प्रतिक्तिया व्यक्त गरेका हुन्।

 उनले कारबाहीको डरले निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने बताएका हुन्।

एमालेको नेपाल–खनाल पक्षका संसद समेत रहेका कारबाही, चुनाव नजित्ने डर, पद जाने डरका कारण सम्म्झौता गर्ने पक्षमा आफूहरु नरहेको बताएका हुन्।

न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ भन्ने कुरा आफूहरुलाई राम्रोसँग थाहा भएको उनको भानई छ। उनले प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको बताउँदै त्यसले जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन नरोकिएको र अब पनि नरोकिने बताएका छन्।

‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन’, नेत राईले फेसबुकमा लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन।’

शनिबार बसेको एमाले केन्द्रीय समिति बैठकमा नेपाल–खनाल पक्ष भने अनुपस्थित थियो।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .