टाइम्स अफ इन्डियाका अनुसार अवतरण हुन नसकेपछि विमान एक घण्टासम्म हावामै उडिरहेको थियो।
लगातार तीनपटक विमान अवतरण हुन नसकेपछि विमान भित्रका मानिस अत्तालिएका थिए। त्यहाँ रुवाबासी नै मच्चिएको बताइएको छ।
जैसलमेर विमानस्थल वरपर उडिरहेका बेला यात्रुहरु रुन र कराउन थालेका थिए। विमानका फ्लाइट एटेन्डेन्टले यात्रुहरुलाई केही हुन्न भन्दै फकाएको बताइएको छ।
प्राविधिक समस्याका कारण विमान अवतरण हुन नसकेपछि विमान फेरि अहमदाबाद नै फर्काएर अवतरण गराइएको थियो। त्यसपछि फेरि उक्त विमान गन्तव्यका लागि उडेको थियो। विमान सफल रुपमा गन्तव्यमा पुगेको बताइएको छ।
अधिकारीहरुका अनुसार स्पाइस जेटको एसजी ३०१२ विमान मध्यान्न १२ बजेर ५ मिनेटमा अहमदावादबाट जैसलमेरका लागि उडेको थियो। दिउँसो १ बजे नै विमान जैसलमेर पुगेको थियो तर विमान अवतरण हुन नसकेपछि एक घण्टा आकाशमै घुमिरह्यो।
त्यसपछि २ बजे विमान अहमदावाद फर्काइयो। विमान २ बजेर ४० मिनेटमा अहमदावाद पुगेको थियो।
त्यसको दुई घण्टापछि उक्त विमान यात्रुसहित फेरि जैसलमेर उडेको थियो। यो विमान साँझ ५ बजे १५ मिनेटमा गन्तव्यमा सफल रुपमा थियो। टाइम्स अफ इन्डिया
प्रतिक्रिया