ad ad

राजनीति


नेपाल भेटेरिनरी एसोसिएसनको नेतृत्वमा तेस्रोपटक डा. शीतलकाजी श्रेष्ठ

नेपाल भेटेरिनरी एसोसिएसनको नेतृत्वमा तेस्रोपटक डा. शीतलकाजी श्रेष्ठ

नेपालखबर
चैत ७, २०७७ शनिबार ११:५२,

नेपाल भेटेरिनरी एसोसिएसनको नयाँ नेतृत्व निर्वाचित भएको छ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबार भएको निर्वाचनबाट पशु सेवा विभागका निवर्तमान महानिर्देशक डा. वंशी शर्मालाई पराजित गर्दै डा. शीतलकाजी श्रेष्ठ तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

drshitalkaji

डा. श्रेष्ठले कूल खसेको ४८६ मतमध्ये ३८६ मत प्राप्त गरेका थिए।

यसैगरी उपाध्यक्षमा निवर्तमान महासचिव डा. गृष्म न्यौपानेलाई पराजित गर्दै डा. कृष्ण काफ्ले निर्वाचित भएका छन्।

महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादकमा क्रमशः डा. अशेष भट्टराई, डा. रामचन्द्र सापकोटा, डा. सिकेश मानन्धर र डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन्।

कार्यकारिणी समितिको केन्द्रीय सदस्यमा १२ प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्थाअनुरूप क्रमश डा. शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य र डा. सविना लम्साल निर्वाचित भएका छन्।

यसअघि सातै प्रदेशमा एसोसिएसनका प्रादेशिक समितिको निर्वाचन भएका थिए। प्रादेशिक समितिका अध्यक्ष केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ।

५२ वर्षको इतिहास बोकेको एसोसिएसनको साधारण सभाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .