ad ad

राजनीति


माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय

माधव नेपालसहित चार नेतालाई  स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय समितिको निर्णय

नेपालखबर
चैत ७, २०७७ शनिबार ११:२९,

नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केनद्रीय समिति बैठकले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

प्रवक्ता ज्ञवालीका अनुसार पार्टीको निर्देशनविपरीत नेपाल–खनाल समूहले चैत ४ र ५ गते पार्टीकै ब्यानर प्रयोग गरेर भेला गर्दै अनुशासनको उल्लंघन गरेकाले स्ष्पटीकरण सोधिएको हो।

कारबाहीका लागि झलनाथ खनाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यको नाम पनि चर्चामा भए पनि उनीहरुलाई भने स्पष्टीकरण सोधिएको छैन।

त्यस्तै बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने, केन्द्रीय समितिमा मनोनित, कारबाही, अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि अध्यक्षलाई ओलीलाई जिम्मा दिने निर्णय गरेको छ।

त्यस्तै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण भएपछि त्यहाँ रहने पदाधिकारी र स्थायी समिति सिफारिसको जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ।

उक्त बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन्। उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा बसे पनि केन्द्रीय समिति बैठकमा भने बसेनन्।

(यसअघि पाँच नेतालाई भएकोमा सच्याइएको छ–सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .