नेकपा एमालेका ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाल पक्षले जारी गरेको १७ बुँदे प्रस्तावले पार्टीको भविष्यप्रति नै निराशा पैदा गराएको बताएका छन्।
नेपाल पक्षले दुई दिनसम्म सञ्चालन गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव जारी गरेको दिन बिहीबार बेलुका सामाजिक सञ्जालमार्फत पोखरेलले चिन्ता व्यक्त गरेका हुन्।
साथै उनले नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिएर एकताका पक्षमा उभिन अपिलसमेत गरेका छन्।
उनले लेखेका छन्, ‘पार्टीको मूल नेतृत्व र पार्टीको भविष्यप्रति नै निराशा पैदा गर्ने १७ बुँदे प्रस्ताव फिर्ता लिएर एकताका पक्षमा उभिन सबैलाई अनुरोध छ।’
याे पनि : नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले पारित गर्यो १७ बुँदे प्रस्ताव (पूर्ण पाठ)
प्रतिक्रिया