राजनीति


नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)

नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले पारित गर्‍यो १७–बुँदे प्रस्ताव (पूर्णपाठ)

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:२७,

नेकपा–एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेलाले १७–बुँदे प्रस्ताव पारित गरेको छ।

बुधबारदेखि ललितपुरको सानेपामा भएको दुई–दिने भेलाले सो प्रस्ताव पारित गरेको हो।

सो भेलाले अध्यक्ष ओलीलाई फागुन २८ गते उनले गरेका निर्णय रद्द गरी क्रमशः पार्टी स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ।

सो भेलाले नेकपा एकीकरण बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गरेको छ।

‘अध्यक्ष केपी शर्मा ओली स्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनैपनि काम कारबाहीका विरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा (एमाले) का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछ,’ प्रस्तावको सातौं बुँदामा भनिएको छ।

एमसीसीबारे
सो भेलाले अमरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि प्रस्ताव पारित गरेको छ।

‘नेपाल सरार र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीच भएको सम्झौता तथा नेपालका प्राकृतिक स्रोतहरुको उपयोगका सम्बन्धमा हुने कुनै पनि सम्झौता र सहमति नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकूल मात्र हुनुपर्नेमा जोड दिँदै त्यसतर्फ यो भेला सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ,’ बुँदा नम्बर ११ मा भनिएको छ।

प्रस्तावको पूर्णपाठ

Nepal Khanal doc 1

Nepal Khanal doc 2

Nepal Khanal doc 3

Nepal Khanal doc 4

Nepal Khanal doc 5

Nepal Khanal doc 6

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .