राजनीति


केन्द्र सरकार हेरफेर नभएसम्म प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

केन्द्र सरकार हेरफेर नभएसम्म प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

नेपालखबर
चैत ५, २०७७ बिहिबार ८:५०,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र कांग्रेसबीच आलोपालो सरकार चलाउने विषयमा छलफल भइरहेको बताएका छन्।

बिहीबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघि पनि कांग्रेस र माओवादी केन्द्रको आलोपालो सरकारले निर्वाचन गराएको स्मरण गर्दै फेरि पनि त्यसैगरी सरकार बनाउने विषयमा छलफल भएको बताएका हुन्।

‘पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो’, उनले भने, ‘अहिले पनि आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ।’

उनले प्रधानमन्त्री को र कुन पार्टीबाट भन्ने टुंगो नभए पनि नयाँ सरकार भने छिट्टै बन्ने दावी गरे। उनले नेतृत्वको विषयमा अहिले छलफल भइरहेको बताउँदै आफूले भने प्रधानमन्त्रीको दावी नगर्ने बताए।

अध्यक्ष प्रचण्डले केन्द्रको सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेश सरकार हेरफेर नुहने बताए।

‘जबसम्म केन्द्रमा सरकार फेरबदलको टुंगो लाग्दैन’, अध्यक्ष प्रचण्डले भने, ‘तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad