नेकपा एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड समिति गठन गर्दै २४ जना मनोनित गरेको छ।
बोर्डमा बैठकमै नभएका झलनाथ खनाल र माधवकुमार नेपाललाई सदस्यमा राखिएको छ।
त्यसैगरी दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराई, खिमलाल भट्टराई, शान्ता चौधरी, राधा ज्ञवाली, विन्दा पाण्डे, विद्या भट्टराई, खेम लोहनी, रेखा झा, दमोदर भण्डारी, छविलाल विश्वकर्मा, शेरबहादुर तामाङ, सरिता न्यौपाने, रघुवीर महासेठ, भुपेन्द्र थापा, सुमन प्याकुरेल, विमला पौडेल राई, बिमला विक, राजेन्द्र राई, मोहन बानियाँ, नारादमुनि राना छन्।
तीन जना सदस्यलाई पछि मनोनयन गरिने सांसद महेश बस्नेतले बताए।
संसदीय दलले गुटगत भेलामा सहभागी नहुन सांसदहरुलाई निर्देशन दिएको बस्नेतले बताए।
‘बैठकमा सहभागी नहुनेहरुलाई स्पष्टीकरण सोध्ने र विधान अनुसार कारबाही प्रक्रिया अघि बढ्ने छ’, सांसद बस्नेतले नेपालखबरसँग भने।
त्यस्तै बैठकले विधान संशोधनका लागि ३ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया