ad ad

राजनीति


मोदीलाई इंगित गर्दै गान्धीले भनेः सद्दाम हुसेन र गद्दाफीले पनि चुनाव गराउँथे, आफैं जित्थे

मोदीलाई इंगित गर्दै गान्धीले भनेः सद्दाम हुसेन र गद्दाफीले पनि चुनाव गराउँथे, आफैं जित्थे

नेपालखबर
चैत ४, २०७७ बुधबार ९:४२,

अमेरिकाको ब्राउन युनिभर्सिटीका प्राध्यापक र विद्यार्थीसँग भारतको लोकतान्त्रिक व्यवस्था बारेमा अन्तरक्रिया गर्ने क्रममा गान्धीले मोदीलाई सद्दाम हुसेन र गद्दाफीको संज्ञा दिएका हुन्।

मंगलबारको अन्तक्रिया कार्यक्रममा गान्धीलाई भारतको लोकतान्त्रिक अवस्था कमजोर भएको प्रतिवेदनको बारेमा प्रश्न गरिएको थियो।

जवाफमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका कारण भारतमा लोकतन्त्रको अवस्था कमजोर भएको बताएका थिए।

गान्धीले भनेका छन्,‘सद्दाम हुसेन र गद्दाफीले पनि निर्वाचन आयोजना गर्दथे। तर उनीहरुले नै चुनाव जित्थे। यस्तो अवस्था थिएन कि उनीहरु मतदान गर्दैन थिए र तर त्यहाँ मतदान सुरक्षित राख्ने कुनै संगठनात्मक ढाँचा थिएन।’

स्वीडेनको भी–डेम इन्स्टिट्युट तथा अमेरिकाको फ्रिडम हाउस एनजीओको प्रतिवेदनमा मोदी प्रधानमन्त्री बनेयता भारतमा राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता दबाइएको उल्लेख गरिएको छ।

भारत सरकारले भने उक्त प्रतिवेदनको खण्डन गरेको छ। यी प्रतिवेदनहरुलाई माधार मान्दै गान्धीले भारत चुनावी निरंकुशताको तर्फ अघि बढेको पनि बताएका छन्।

गान्धीका अनुसार निर्वाचनसँग जोडिएका संस्थानहरु सत्तारुढ भारतीय जनता पार्टीको समर्थकको निशानामा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .