ad ad

समाज


टोखा युवक हत्या प्रकरण : एक भारतीयसहित तीन जना पक्राउ

टोखा युवक हत्या प्रकरण : एक भारतीयसहित तीन जना पक्राउ

नेपालखबर
चैत ४, २०७७ बुधबार ९:३९,

काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।

 गत फागुन २९ गते काठमाठौँको टोखा नगरपालिका–मालुङस्थित बाइक वर्कसपमा मोरङको बेलबारी नगरपालिका २ घर भई टोखा हाइटमा बस्ने २२ वर्षीय आशीष लिम्बूको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले आजै सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रौतहट गौरका २१ वर्षीय शेख अबदुल आलाम, भारतीय नागरिक १९ वर्षीय भुपेन्द्र कुमार, रौतहटकै मोहम्मद कासिम मन्सुरी रहेका छन्। मन्सुरी वर्कसपका सञ्चालक हुन्। आलम र साहालाई मंगलबार र मन्सुरीलाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुले मोटरसाइकल वर्कसपमा आशीषको हत्या गरी ग्राहकले बनाउन दिएका स्कुटर प्रयोग गरेर मालुङस्थित बाँसको झाङमा शव फालेको प्रहरीले जनाएको छ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .