प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा नजान नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले गुटको भेला नबोलाउन समेत आग्रह गरेका छन्।
‘सुन्दैछु भोलि भेला आह्वान गरेको छ रे, नेकपा एमालेसँग आवद्ध, सम्बद्ध नेता वा कार्यकर्ता गुटगत भेलामा नगर्न , नगराउन त्यस्ता भेलामा सहभागी नहुन, नजान आग्रह गर्न चाहन्छु’, उनले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्दछु।
उनले पार्टीमा कसैमाथि अन्याय नहुने बताए। उनले आफूहरुको हृदय फराकिलो भएको बताउँदै ठूलो अपराध गर्नेलाई पनि बकेही नगरेको बताए।
उनले पार्टीमा आएर सच्चिएर काम गरे आफूहरुलाई स्वीकार गर्ने बताउँदै तमसा देखाउन खोजे कारबाही गर्ने चेतावनी दिए।

प्रतिक्रिया