अटो


फोर्ड बोर्डकाे ११८ वर्षे इतिहासमा पहिलोपटक फोर्ड परिवारकी महिला सदस्य जोडिँदै

फोर्ड बोर्डकाे ११८ वर्षे इतिहासमा पहिलोपटक फोर्ड परिवारकी महिला सदस्य जोडिँदै

नेपालखबर
चैत ३, २०७७ मंगलबार ७:१४,

सन् १९०३ यता सधैँ पुरुष सदस्यले हाँकिरहेको चर्चित कम्पनी फोर्डको बोर्डमा पहिलोपटक फोर्ड परिवारकै एक महिला सदस्य अलेजान्द्रा फोर्ड इंग्लिस चयन हुने भएकी छिन् ।

३३ वर्षीया फोर्ड इंग्लिस कम्पनीका कार्यकारी प्रमुख विलियम क्ले फोर्ड जुनियरकी छोरी हुन् । बोर्डका अहिलेका निर्देशक एडसेल फोर्ड द्वितीय पनि पद छोड्ने तयारीमा छन्। उनका ४० वर्षीय छोरा हेनरी फोर्ड तृतीय पनि बोर्डमा जोडिनलागेका छन् । दुवै भाइबहिनी कम्पनीका संस्थापक हेनरी फोर्डका पनातिपनातिनी हुन् । उनीहरु बोर्ड सदस्य बन्नलागेका हुन् ।

यद्यपि बोर्ड सदस्य बन्न दुवै जना कम्पनीका सेयरसदस्यबाट निर्वाचित हुनुपर्छ तर उनीहरु सदस्य नचुनिने कमै मात्र अवस्था रहेको छ । फोर्ड फेमिलीले कम्पनीको अधिकांश सेयर हिस्सा लिएका छन् । यो कम्पनी सन् १९५६ मा सार्वजनिक कम्पनीमा रुपान्तरण भएको थियो । सेयरबजारमा कम्पनीलाई फोर्ड (एफ)का रुपले परिचित छ।

कम्पनीको एक सय १८ वर्षे इतिहासमा झण्डै २० वर्षसम्म फोर्ड परिवारका सदस्य प्रमुख, सीईओ वा अध्यक्ष बनेको पाइन्छ भने बोर्डमा फोर्ड परिवारका कम्तीमा एक वा दुई जना सधैँजसो बोर्ड सदस्य बनेको पाइन्छ । महिला सदस्यले भने कम्पनीमा कार्यकारीको भूमिका मात्रै निर्वाह गरेको पाइन्छ । तर फोर्ड परिवारबाहिरका महिलाले भने बोर्डमा भूमिका पाएका छन् । अहिले पनि तीन जना परिवारबाहिरका महिला बोर्डमा छन् ।

After 118 years, a female member of the Ford family is set to join the  automakers' board - CNN

कार्यकारी प्रमुख बिल फोर्डले भनेका छन्, ‘हामीसँग कम्पनीमा सेवा गर्नुपर्छ भन्ने विश्वास भएका फोर्ड परिवारका नयाँ पुस्ता छन् । त्यसका लागि म खुसी र गर्वान्वित छु र के निश्चित गर्न चाहन्छु भने कम्पनी आउने वर्षौँसम्म सफल र सकारात्मक बल बनिरहनेछ ।’

कम्पनीको पछिल्लो कदमलाई युनाइटेड अटो वर्कर्स युनियनले स्वागत र प्रशंसा गरेको छ । युनियनले कम्पनीका घण्टा हिसाबमा काम गर्ने कर्मचारीको प्रतिनिधित्व समेत गर्छ । इंग्लिस फोर्डले सन् २०१७ मा फोर्डमा सम्बन्धित भएकी थिइन् । उनी कम्पनीलाई विद्युतीय र स्वचालित सवारीसाधन उत्पादनमा लैजानुपर्छ भन्ने पक्षमा छिन् । उनी अहिले कमपनीमा व्यवसाय रणनीतिकी निर्देशक छिन् ।

साथै कम्पनीको इन्टरप्राइज, कनेक्टिभिटी र डिजिटल नेटवर्क रणनैतिक योजनाहरुमा पनि उनको दायित्व र भूमिका रहेको छ । त्योअघि उनी फोर्डको छुट्टै स्वचालित सवारीसाधन युनिटका लागि बजार र सञ्चालन हेर्ने निर्देशक थिइन् । उनले मियामी, फ्लोरिडा, अस्टिन, टेक्सस र वासिङटन डीसीमा फोर्डको स्वचालित सवारीसाधन व्यवसायको सफलता पाउन भूमिका निभाएकी थिइन् ।

त्यस्तै उनी विद्युतीय ट्रक निर्माता रिभियानको बोर्डमा फोर्डकी प्रतिनिधि पनि हुन् । रिभियानमा फोर्डको सेयर छ । फोर्डमा जोडिनुअघि उनले न्युयोर्क सहरमा टरी बर्चमा मर्कन्डाइजिङ डिभिजनमा र सन फ्रान्सिस्कोमा ज्याप इन्कमा काम गरेकी थिइन् । सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad