राजनीति


माओवादी संसदीय दलको बैठकः सांसदहरुलाई स्पष्टीकरण लिनेसहित ६ एजेण्डामा छलफल

माओवादी संसदीय दलको बैठकः सांसदहरुलाई स्पष्टीकरण लिनेसहित ६ एजेण्डामा छलफल

नेपालखबर
चैत ३, २०७७ मंगलबार ७:४,

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित दलकाे कार्यालयमा जारी छ।

पार्टीबाट सांसद रहेर एमाले पार्टीमा लागेका सांसदलाई स्पष्टीकरण सोध्नेदेखि दलको विधान संशोधन, सर्वोच्च अदालतले गरेको नेकपामाथिको फैसला, दलको पदाधिकारी र दलको सदस्यता लगायतका ६ एजेण्डामा छलफल भइरहेको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपालाई मान्यता नदिएपछि पूर्ववत् अवस्थामा फर्किएको माओवादी केन्द्रको दलको बैठक पहिलोपटक बसेको हो।

आजको बैठकले नयाँ सरकार गठनका विषयमा पनि निर्णय गर्नसक्ने सम्भावना रहेको एक सांसदले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad