भोलि मंगलबार संसद् बैठक बस्ने भएको छ। पुनर्स्थापनायता भोलि प्रतिनिधि सभाको तेस्रो बैठक बस्ने भएको हो।
त्यसका लागि संसद सचिवालयले आजै (सोमबार) सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
कार्यसूचीअनुसार मंगलबारको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।
त्यसपछि संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पेस गरिने संसद सचिवालयले जनाएको छ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
हेर्नुहोस्, संसद् सचिवालयले सार्वजनिक गरेको भोलिको सम्भावित कार्यक्रम :


प्रतिक्रिया