राजनीति


ओलीसँगको वार्ताबारे केन्द्रीय सदस्यलाई ‘ब्रिफिङ’ गर्दै माधव नेपाल

ओलीसँगको वार्ताबारे केन्द्रीय सदस्यलाई ‘ब्रिफिङ’ गर्दै माधव नेपाल

नेपालखबर
चैत २, २०७७ सोमबार १०:४९,

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका विषयमा आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई जानकारी गराउने भएका छन्।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेला सुरु भएको छ। भेला नेता नेपालसहितका वार्तामा सहभागी भएका नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा जानकारी गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य निरज आचार्यले बताए।

सोमबार नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्यहरुमा सुवास नेम्वाङ तथा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य रघुजी पन्तबीच एमालेमा देखिएको समस्याको विषयमा छलफल भएको थियो।

छलफलपछि बाहिर निस्केका नेताहरुले बैठक हुनु सकारात्मक भए पनि कुनै प्रकारको ठोस निष्कर्ष ननिस्केको प्रतिक्रिया दिएका छन्।

दुवै पक्षबीच फागुन २८ गतेको ओली पक्षले गरेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयको विषयमा सहमति जुट्न सकेन।

यसैबीच केन्द्रीय नेताहरुका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बोलाएको चियापान कार्यक्रम बहिष्कार गर्ने भएको छ।

‘निम्तो पनि आएको छैन। आए पनि हामी कोही पनि जाँदैनौँ’, केन्द्रीय सदस्य निरज आचार्यले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad