नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहसँगको वार्ता सकारात्मक भएको बताएका छन्।
नेपाल समूहसँग आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलपछि उनले सो प्रतिक्रिया दिएका हुन्।
छलफलपछि कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले नेपाल समूहसँगको वार्ता कस्तो भयो भनी राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘सकारात्मक भयो’ भनी संक्षिप्त प्रतिक्रिया दिएका थिए।
तर वरिष्ठ नेता नेपालले भने अन्य कुराहरु राम्रो र सकारात्मक भए पनि मुख्य कुरा फागुन २८ गतेको बैठकले गरेका निर्णयबारे कुरा नमिलेको बताए।
बैठकबाट बाहिरिने क्रममा नेता नेपालले सो प्रतिक्रिया दिएका हुन्।
यो पनि : फागुन २८ गतेको बैठककै बारे कुरा मिलेन– माधव नेपाल (भिडियो)
‘अरु कुराभन्दा पनि फागुन २८ गतेको उहाँको (ओली) जुन गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको नामाकरण गर्नुभएको छ, त्यसैमा कुरा मिलेन,’ नेता नेपालले भने।
नेता नेपालले बैठकको सुरुमा कुराकानी मिठो भएको र पछाडी टर्रो भएको बताए।
ओली पक्षका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपाल पक्षबाट २८ गतेको निर्णयबारे पुनर्विचार गर्न प्रस्ताव गरिएको र त्यसलाई प्रधानमन्त्रीले त्यसबारे छलफल गर्न सकिने बताएका थिए।
यो पनि: ओली पक्षले नेपाल समूहलाई भन्यो– फागुन २८ को बैठकलाई प्रतिष्ठाको विषय नबनाऔँ
‘उहाँहरुले २८ गतेको निर्णयबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ’, प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले यो निर्णयहरुका विषयमा छलफल गर्न सकिन्छ, यसलाई नै प्रतिष्ठाको विषय बनाएर जान जरुरी छैन भन्नुभएको छ। अब हामी लगातार छलफलमा बस्छौँ। ७ गतेको केन्द्रीय समितिको बैठकका विषयमा पनि छलफलमा बस्छौँ।’
यो पनि :
- नेपाल समूहले ओली पक्षसँग भन्यो– फागुन २८ गतेका निर्णय रद्द नगरे कार्यकर्ता भेला रोक्दैनौं (भिडियो)
- आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल
- ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

प्रतिक्रिया