कारोबार


अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

अनुचित व्यापारिक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

नेपालखबर
चैत २, २०७७ सोमबार ९:१६,

काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ।

सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बजारमा खाद्य पदार्थको मिसावटलाई नियन्त्रण गर्न र स्वास्थ्यमा हानी पुर्‍याउने वस्तुको विक्रि वितरणलाई नियन्त्रण गर्नका लागि अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गर्न आग्रह गरेकी हुन्।

उनले महानगरपालिकाले सक्रिय रुपमा बजार अनुगमन गरिरहेको पनि बताइन्। बजारलाई गुणस्तरीय र स्वच्छ बनाउनको लागि स्थायी ल्याव सञ्चालनको तयारीमा रहेको पनि उनले जानकारी दिइन्।

उनले भनिन्, ‘बजार अनुगमनको लागि आफ्नै ऐन जारी भएपछि अनाधिकृत बजार नियमन गर्न महानगरले अझै सक्रिय रुपमा बजार अनुगमनको काम कारबाही अगाडि बढाइरहेको कुराको जानकारीसमेत म दिन चाहान्छु। यसरी नै महानगरको बजारबाट, बजारलाई गुणस्तरीय, स्वच्छ र प्रतिस्पर्धात्मक बनाउने हेतुले मोबाइल ल्याव, भ्यान र एउटा स्थायी ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको कुरा यहाँहरु माझ राख्न चाहान्छु। र बजारमा देखिने खाद्यपदार्थको मिसावटलाई नियन्त्रण गर्न र आम उपभोक्ताको स्वास्थ्यलाई हानी पु¥याउने किसिमका वस्तु तथा सेवाको विक्रि वितरणलाई नियन्त्रण गर्न अनुचित व्यापारिक क्रियाकलापका विरुद्ध उजुरी गरेर महानगरपालिकालाई सहयोग गर्न पनि सबैमा आग्रह गर्न चाहान्छु।’

उपमेयर खड्गीले आफ्नो व्यवसायले कानुनी प्रक्रिया पुरा गरे/नगरेकोमा समेत सचेत हुन ध्यानाकर्षण गराइन्। गुणस्तरीय सामान उत्पादनमा उत्पादकको मात्रै भूमिका नहुने भन्दै उनले ढुवानी, भण्डारण, विक्रि वितरणमा जोडिएका सबै पक्ष र उपभोक्ताहरु पनि सचेत र जिम्मेवार हुनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad