एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल नेतृत्वका दुई पक्षबीच भएको वार्ता सकिएको छ।
वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेता रघुजी पन्तले बताए।
उनले आपसी छलफल सुरु हुनु आफैंमा सकारात्मक भएको र दुवै पक्षले आआफ्ना कुरा राखेको बताए।
‘कुरा सकारात्मक भयो, प्रधानमन्त्रीले पनि आफ्ना कुरा राख्नुभयो, हामीले पनि राख्यौं,’ पन्तले भने, ‘हामीले फागुन २८ गते एकपक्षीय रुपमा बैठक राखी गरेका निर्णय मान्दैनौं किनभने हामीले बोलाइएको पनि थिएन।’
उनका अनुसार नेताहरुबीच बिभिन्न चरणमा कुराकानी गर्ने सहमति भएको छ।
यो पनि :
- आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल
- ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने
3
Shares

प्रतिक्रिया