सोमबारदेखि लागू भएको लकडाउनलाई पालना गराउन शहरका विभिन्न स्थानमा प्रहरी तैनाथ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
नागपुरका प्रहरी प्रमुख अमितेश कुमारले भनेका छन्,‘शहरभर गस्ती जारी राखिएको छ। बिना काम घर बाहिर निस्किए कारवाही हुनेछ।’
भारतमा कोरोनाका कारण सर्वाधिक प्रभावित राष्ट्रमध्ये महाराष्ट्र पनि एक हो। यहाँ २३ लाख भन्दा बढीमा कोरोना पुष्टि भएको छ।

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड १३ लाख ८५ हजार पुगिसकेको छ।
संक्रमितमध्ये यहाँ एक लाख ५८ हजारको मृत्यु भएको छ।
3
Shares

प्रतिक्रिया