नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दुई पटक प्रधानमन्त्री भइसकेको र फेरि बन्न कुने हतारो नभएको बताएका छन्।
शनिबार काठमाडौँमा प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाईं प्रधानमन्त्रीका लगि नभएको प्रष्ट पारेका हुन्।
‘म दुईचोटी प्रधानमन्त्री भइँसकेँ, अबमलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन र अहिलेको यो लडाईं पनि प्रधानमन्त्रीका लागि होइन्’, उनले भने ‘मैले त उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको सबैको हकअधिकारका लागि नयाँ राष्ट्रिय एकताका लागि लडेको लडाईं हो।’
उनले आफूलाई पराम्परागत शासकले आफूलाई गाली गरे पनि उत्पीडित वर्गहरुले आफूलाई माया गरेको बताए। उनले विरोधीले आफूलाई मार्न नै खोज्दा पनि जनताले नै बचाएको बताए।
उनले आफू फेरि जनतामा जोडिने गरी अगाडि बढ्न लागेको बताए।
Shares

प्रतिक्रिया