राजनीति


गृहमन्त्री थापाले सम्हाले एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार

गृहमन्त्री थापाले सम्हाले एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार

नेपालखबर
फागुन २९, २०७७ शनिबार १०:२२,

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार सम्हालेका छन्।

जिम्मेवारी दिइएको भोलिपल्ट शनिबार दिउँसो ललितपुरको च्यासलस्थित एमालेको बागमती प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच पूर्वमाओवादी नेता थापाले प्रदेश इन्चार्जको कार्यभार सम्हालेका हुन्।

गृहमन्त्री थापा आफैंले तस्बिरसहित नेकपा एमाले बागमती प्रदेश इन्चार्जको कार्यभार सम्हालेको जानकारी दिएका हुन्।

badalumlbag2

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो (शुक्रबार) मात्र गृहमन्त्री थापासहित २३ पूर्वमाओवादी नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्दै विभिन्न जिम्मेवारी दिएका हुन्।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर उनले अष्टलक्ष्मी शाक्यको स्थानमा रामबहादुर थापालाई बागमती प्रदेशको इन्चार्ज बनाएका हुन्।

यस्तै हिजोको बैठकले प्रदेश नम्बर १ को इन्चार्जमा सुवास नेम्वाङलाई चयन गरेको छ। यसअघि यो स्थानमा नेपाल पक्षका भीम आचार्य थिए।

यसैगरी प्रदेश २ मा सत्यनारायण मण्डल, कर्णाली प्रदेशमा यमलाल कँडेल र सुदूर पश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।

सर्वाेच्च अदालतबाट पुर्स्थापित एमालेमा अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै माधव नेपाल पक्षलाई पूरै ‘बाइपास’ गरेका छन्।

उनले विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाएका छन्।

यस्तै निर्वाचन विभागको प्रमुखमा विष्णु रिमाललाई राख्दै यसअघि उनले नेतृत्व गरेको आर्थिक विभागको प्रमुखमा छविलाल विश्वकर्मालाई चयन गरिएको छ।

त्यसैगरी पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीलाई जनवर्गीय सगठनको इन्चार्ज बनाइएको छ। स्कुल विभाग प्रमुख भने ओली आफैं बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad