राजनीति


नेपालमा पहिलो पटक युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

नेपालमा पहिलो पटक युरेनियमसहित काठमाडौंबाट ४ जना पक्राउ

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १०:५२,

काठमाडौंबाट ३६ अर्ब रुपैयाँ बराबरको युरेनियमसहित ४ जना पक्राउ परेका छन्।

बिहीबार प्रहरीले २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले जानकारी दिए।

युरेनियमको गैरकानुनी कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालयको विशेष टोलीले टुसाल–२ बौद्धबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी ५ का ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad