खेल


नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा हुने

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १०:४६,

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेलहरु कुवेतमा हुने भएको छ।

कोरोना भाइरसको महामारीको कारण नेपालका लागि तय खेलहरु स्थगित भएका थिए।

फिफा विश्वकप छनोट २०२२ र चाइनामा हुने एएफसी एसियन कप २०२३ को छनोट खेलहरु केन्द्रीकृत भूमिमा हुने भएको हो।

एसियाली फुटबल महासंघले एसियाली सदस्यका बाँकी खेलका लागि केन्द्रीकृत भूमिको छनोट गरेको हो।

महासंघले नेपाल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेको समूह बीका बाँकी खेलहरु कुवेतमा हुनेछ। ३१ मेदेखि जुन १५ सम्म हुनेछ।

नेपालले यसअघि घरेलु मैदानमा प्रतियोगिता गराउनका लागि तयारी तीव्र पारेको थियो।

समूह एका खेलहरु चाइना पीआर, समूह सी का खेल बहराइन, समूह डीका खेलहरु साउदी अरेबिया र विश्वकप आयोजक देश कतारमा समूह ईका खेलहरु हुनेछन्।

समूह एफका खेलहरु जापान, जीका खेलहरु युएई र कोरिया रिपब्लिकमा समूह एचका खेलहरु हुनेछन्।

nepal afc games222

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad