प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार टिकाउन गरिरहेका प्रयन्तप्रति साहित्यकार खगेन्द्र संग्रौलले तीखो व्यंग्य गरेका छन्।
जसरी पनि संसदमा जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाएर आफूलाई सत्तामा टिकाउने प्रधानमन्त्री ओलीको प्रयन्तप्रति संग्रौलाले व्यंग्य गरेका हुन्।
‘ओली सरमा उर्लिएको उदारता गाँठ्ठे! जसपाको महन्थ गुटको समर्थन पाउन रेशम चौधरी लगायतको रिहा, संविधान संशोधन र मागेजति रोज्जा मन्त्री पद,’ शुक्रबार बिहान सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, ‘ओली सरको अन्तिम इच्छा ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ, मौसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन्!’
ओली सरमा उर्लिएकाे उदारता,गाँठ्ठे! जसपाकाे महन्थ गुटकाे समर्थन पाउन रेशम चाैधरी लगायतकाे रिहा,संविधान संशाेधन र मागेजति राेज्जा मन्त्री पद।ओली सरकाे अन्तिम इच्छा- ज्यानमा एक मुठ्ठी प्राण छउन्जेल आफू प्रधानमन्त्री भइरहन पाऊँ,माैसमी राष्ट्रवाद लगायत बाँकी सबै कुरा भाँडमा जाऊन्!
— Khagendra Sangroula (@belakoboli) March 12, 2021

प्रतिक्रिया