राजनीति


प्रधानमन्त्रीसँग छलफल गरेर आफ्ना नेता निस्केलगत्तै डा. भट्टराईले भने : जसपा त्यो मुसादौडमा छैन है !

प्रधानमन्त्रीसँग छलफल गरेर आफ्ना नेता निस्केलगत्तै डा. भट्टराईले भने : जसपा त्यो मुसादौडमा छैन है !

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ०:४३,

सत्ता सहकार्यबारे जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको टोली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर प्रधानमन्त्री निवास (बालुवाटार) बाट निस्केलगत्तै त्यही पार्टीका संघीय पषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कुर्सीको दौडमा नरहेको प्रतिक्रिया दिएका छन्।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग झन्डै ३ घण्टा छलफल गरेका हुन्।

जुन छलफलमा आफू पनि सहभागी हुने भनेर पार्टीको पदाधिकारी बैठकले निर्णय गरेको भए पनि अन्तिम समय बालुवाटार नगएका डा. भट्टराईले जसपा सत्ताको दौडमा नरहेको अभिव्यक्ति दिएका हुन्।

याे पनि : प्रधानमन्त्रसँगको छलफलमा किन सहभागी भएनन् डा. भट्टराई?

‘देश यति गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ! अदालतको कृपाले अलिअलि लाज बचेका बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त,’ बिहीबार राति डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा त्यो मुसादौडमा छैन है !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad