अमेरिकाका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाएका हुन्। अमेरिकाका चारजना पूर्व राष्ट्रपतिले एकसाथ खोप लगाएका हुन्। तर निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने खोप लगाउने कार्यक्रममा सहभागी भएनन्।
खोप लगाएको भिडियो सार्वजनिक गर्दै पूर्व राष्ट्रपतिहरुले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको बताएका छन्। पूर्व राष्ट्रपतिहरुले कुनै हिचकिचाहटबिना खोप लगाएका अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामासँगै उनीहरुका पत्नीले पनि एकसाथ खोप लगाएका हुन्।
खोप लगाएपछि पूर्व राष्ट्रपति ओबामाले भने, ‘खोपको अर्थ हाम्रो आशा हो, यसले हामीलाई रक्षा गर्छ, खतराबाट जोगाउछ। यो महामारीबाट बच्नका लागि हामी सबैले खोप लगाउनु पर्छ।’
अन्य पूर्व राष्ट्रपतिहरूले पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउनु आवश्यक रहेको भन्दै त्यसबाट कुनै नकारात्मक खतरा नरहेको बताए।
पूर्व राष्ट्रपति ट्रम्पले भने खोपप्रति आफ्नो विश्वास नरहेको बताउँदै आएका छन्। तर उनले पदमै रहँदा गत जनवरीमै गोप्य रुपमा खोप लगाएका समाचार सार्वजनिक भएका थिए। एजेन्सी
Shares

प्रतिक्रिया