राजनीति


प्रधानमन्त्रीसँगको छलफलमा किन सहभागी भएनन् डा. भट्टराई?

प्रधानमन्त्रीसँगको छलफलमा किन सहभागी भएनन् डा. भट्टराई?

नेपालखबर
फागुन २७, २०७७ बिहिबार २३:५४,

बिहीबार दिउँसो बसेको जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहसँग उच्च तहमा संवाद गर्ने निर्णय गर्‍याे।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शीर्ष नेताको टोली बालुवाटार (प्रधानमन्त्रीको निवास) जाने याेजना बन्याे। जुन टोलीमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नाम पनि थियो। तर अन्तिम समय उनले नजाने निर्णय गरे। र, अन्ततः जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण मात्र बिहीबार साँझ बालुवाटार पुगे।

झन्डै ३ घण्टाको वार्ता सकारात्मक भएको दुवै पक्षले दाबी गरेका छन्। 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले छलफल ‘सकारात्मक’ भएको जानकारी दिएका छन् भने छलफलमा सहभागी जसपा नेता राजेन्द्र महतोले रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनमा सहभागी नेता/ कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने आफ्ना मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका छन्।

तर त्यही छलफलमा जसपाका एक जना शीर्ष नेता डा. भट्टराई सहभागी नभएका हुन्। पहिले जाने निर्णय गरेर अन्तितमा उनी नगएका हुन्।

baburam bhattarai123

प्रधानमन्त्री ओलीका कट्टर आलोचक डा. भट्टराई आफ्नो पार्टीले सरकासँग गरेको छलफलमा नजानुलाई अर्थपूर्ण रूपमा लिइएको छ। 

तर जसपा स्रोतले स्वास्थ्य समस्याका कारण डा. भट्टराई बालुवाटार नगएकाे दाबी गरेकाे छ।

दिनभर पार्टीको बैठकलगायत गतिविधिले थाकेको भन्दै अन्तिम समयमा उनले प्रधानमन्त्रीसँग छलफल गर्न जाने कार्यक्रम रद्द गरेको स्रोतले जनाएको छ।

साथै पार्टीका अन्य नेता गएपछि आफू गइरहन खासै जरुरी पनि नभएको भनेर आफ्ना नेताहरूकैै सल्लाहअनुसार उनी बालुवाटार नगएको बताइन्छ।

उसो त डा. भट्टराई प्रधानमन्त्री ओलीको सबैभन्दा बढी आलोचना गर्नेमध्ये एक नेता पनि हुन्।

जसपा आफ्ना सर्त पूरा भएका खण्डमा प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारी गर्न सकारात्मक भइरहेका बेला त्यही पार्टीका एक शीर्ष नेता डा. भट्टराईले भने प्रतिगमनकारी उनीसँग सहकार्य गर्नै नहुने अभिव्यक्ति दिने गरेका छन्।

बिहीबार साँझ आफ्नो पार्टीले प्रधानमन्त्रीसँग छलफल सकेलगत्तै पनि उनले ओलीसँग सहकार्य हुन नसक्ने संकेत गरेका छन्।

यो पढ्नुहोस् : प्रधानमन्त्रीसँग छलफल गरेर आफ्ना नेता निस्केलगत्तै डा. भट्टराईले भने : जसपा त्यो मुसादौडमा छैन है !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad